सगरमाथाको गहिराइ - नवराज पराजुली

सगरमाथाको गहिराइ

म मर्नु अघि 

मेरो घरै पश्चिम पट्टिको मेवाको बोटमा 

बोक्रा तास्नै नमिल्ने गरि पाकेको मेवालाई

दुई टुक्रा पारेर 

चम्चीले एक चम्ची आफु खाँदै 

अर्को चम्ची मेरो भर्खरै दाँत पलाउँदै गरेको 

छोरालाई खुवाउन चाहन्छु; 


ए देश !

मेरी आमाले बनाएको

सानो काठको बाकस भर्ने पैसा बोकेर

म अरबबाट घर फर्केँ भने त ठीकै हो

तर

त्यसभन्दा ठूलो रातो काठको बाकसमा

म आफैँ भरिएर फर्कें भने ?