सद्दे पागल - मिलन नाविक

हरेक लेखक, कवि, अनि अरु कोई यस्तै मान्छे 

एउटा उचाईमा उक्लिए पछि 

अझ भनौं, 

चेतनाको एउटा गहिराईमा डुबे पछि 

सबैले लेख्नै पर्ने एउटा कविता 

दिमागको कुनै न्युरोनबाट 

कलमको टुप्पा सम्म आएर फुत्त निक्लिने प्रयास गर्दैछ,  


म जबरजस्ती रोक्न खोज्छु कलमलाई, 

ता कि, जब खोपिन्छ पानामा मसि 

तब औंलालाई दोषी नबनाईयोस् 

जब बोलिन्छ साँचोलाई साँचो 

तब कलमलाई बलि नबनाईयोस् 


मलाई सदियौं देखिको उपक्रम तोडेर 

जिउँदो हुँदा नै सद्दे भनिन मन छ 

अहँ, 

मलाई पापीले बजाउने मादल बनिन मन छैन 

मलाई फेरी पागलहरुद्वारा पागल भनिन मन छैन 

 @ मिलन नाविक

Milan Nabik Lamsal Lamshal Ghazal Gajal Ghazal Kavita Kabita Poem Damak Jhapa Nepal USA America Sadde Pagal