मुना मदन - लक्ष्मी प्रसाद देवकोटा

क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुदैन

मानिस ठूलो दिलले हुन्छ, जातले हुदैन

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

हातका मैला सुनका थैला के गर्नु धनले

साग र सिस्नु खाएको बेस आनन्दी मनले

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

ईश्वर ! तैँले रचेर फेरि कसरी बिगारिस् ?

सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ?

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

सपना मैले के देखेँ आज ? भैंसीले लगार्यो

यो मुटु काँप्छ त्यो भैंसी सम्झी, हिलामा पछार्यो 

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

हे मेरी मुना ! नभन त्यसो, जूनमा फुलेकी

फर्कन्छु फेरि म चाँडै भन्ने किन हो भुलेकी ?

म बीसै दिन बसुँला ह्लासा, बाटामा बीसै दिन

चखेवा फेरि आउँछ उडी, बिहान कुनै दिन,


कि गरिछाड्यो, कि मरिछाड्यो, मर्दको इरादा

नहाल प्यारी बाटामा मेरो आँसुको यो बाधा

अनार–दाना दाँतका लहर खोलेर हाँसन

तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन

· · ────── ꒰ঌ·✦·໒꒱ ────── · ·

नछोड मेरा हे साथीभाइ ! बनमा मलाई,

काग र गिद्धहरुको पापी शिकार बनाई,

घरमा मेरी ती बुढी आमा, ती बुढी मर्नेछन् 

चन्द्रमा जस्ती ती मेरी मुना ठहरै पर्नेछन् 

हे मेरा साथी ! हे मेरा भाइ ! म अझ मर्दिन 

कालको साथ लडेर उठ्छु वनमा मर्दिन 


~ महाकवि लक्ष्मी प्रसाद देवकोटा ~

Laxmi Prasad Devkota


बि. सं. १९९३ मा पहिलो पटक प्रकाशित भएको महाकवि लक्ष्मी प्रसाद देवकोटा द्वारा लिखित मुना मदन खण्ड काव्यमा करिब ५०० हरफहरु छन्। यहाँ केही बहु-चर्चित हरफहरुलाई साभार गरिएको छ।