आकर्षण - मिलन नाबिक

अरुको सामुन्ने मलाई मेरो नभन्नु 

मेरो बन्नु तर पुरा मेरो नबन्नु 

यस्ता शर्तले सजिएको तिम्रो प्रस्ताब 

स्वीकार गरौँ कि नगरौं दोधारमा छु म

तिम्रो आकर्षणको प्रहारमा छु म 


म आफु आफैं सँग मुस्कुराई रहेको 

म भेटिन सक्छु गुनगुनाई रहेको 

पागल नठान्नु बेग्लै संसारमा छु म

तिम्रो आकर्षणको प्रहारमा छु म

 

© मिलन नाबिक

Milan Nabik Lamsal Lamshal Ghazal Gajal Ghazal Kavita Kabita Poem Damak Jhapa Nepal USA America Aakarshan