फूलको थुँगा बहेर गयो गंगाको पानीमा - माधवप्रसाद घिमिरे

फूलको थुँगा बहेर गयो गंगाको पानीमा

कहिले भेट होला है राजै यो जिन्दगानीमा।


झरीको पछि झुल्केको घाममा निर चढ्यो पहाडको

भर्खर प्रीति बसेको बेला पीर पर्यो बिछोडको।


नहाँसु भने सखीलाई पीर मै हाँसु कसरी

रुउँला राति भनेर आँसु मै साँचु कसरी।


रातमा मलाई हेर्दछ टोलाई पूर्वको ताराले

त्यो कान्तिपुरमा सपनाको सुरमा सम्झ्यो कि प्याराले।