अब तिमीहरु मर - अर्जुन पराजुली

अब तिमीहरु मर


तिनीहरुले मेरा हजुरबालाई भने, 

तिमी मर तिम्रा छोराछोरीले सुख पाउनेछन् , 

हजुरबाले पत्याए र मरे !


तिनीहरुले मेरा बालाई भने, 

तिमी मर तिम्रा छोराछोरीले सुख पाउनेछन् , 

बाले पत्याए र मरे !


त्यसपछि तिनीहरुले मलाई भने, 

तिमी मर तिम्रा छोराछोरीले सुख पाउनेछन् ,

मैले पत्याए र मरें !


आज तिनीहरुले मेरा छोराछोरीलाई भन्दैथिए,

तिमीहरु मर तिम्रा छोराछोरीले सुख पाउनेछन्। 

तर अहिले मेरा छोराछोरीहरुले तिनीहरुलाई भने,

अब तिमीहरू मर... हाम्रा छोराछोरीले सुख पाउनेछन् ।